डा. भट्टराईले भने: दुई अध्यक्षको लागि अर्बौंको अस्पताल र रिसोर्ट चाहियो - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

डा. भट्टराईले भने: दुई अध्यक्षको लागि अर्बौंको अस्पताल र रिसोर्ट चाहियो



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्षद्वयलाई ब्यंग्य गर्दै नेपालमा सुविधा सम्पन्न अस्पताल र रिसोर्ट बनाउन सरकार समक्ष प्रस्ताव राखेका छन् ।

सत्तारुढ दल नेकपाका दुई अध्यक्षको विदेश भ्रमण (आराम गर्न सिङ्गापुर र भ्रमण गर्न दुबई) उद्धृत गर्दै उनले ट्विटमा भनेका छन्,

‘‘देश हाँकिरहनु भएका दुवैजना पाइलटहरु स्वास्थ्योपचार र आरामका निम्ति सपरिवार विदेशको समुद्री टापु र मरुभूमिमा जान लाग्नु भएछ । उहाँहरुको स्वास्थ्य लाभ र शुभ आराम होस् । तर, संसारकै प्राकृतिक रुपले सुन्दर नेपालमै अर्बौं रुपियाँको भ्यूटावरको सट्टा सुविद्या सम्पन्न अस्पताल प्लस रिसोर्ट बनाउन सकिन्न ?’’