पूर्वप्रधानमन्त्रीहरु हराउने अभियानमा बाबुराम भट्टराईको साथ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

पूर्वप्रधानमन्त्रीहरु हराउने अभियानमा बाबुराम भट्टराईको साथ



काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरु हराउने अभियानमा साथ दिने संकेत गरेका छन् ।

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानु पर्ने उल्लेख गर्दै यस्तो संकेत गरेका हुन्। बिहीबार ट्वीटरमार्फत् भट्टराईले पूर्वप्रधानमन्त्रीहरुलाई हराउने अभियानप्रति लक्षित गर्दै नेतृत्वप्रति नयाँ पुस्ताको आक्रोश नाजायज नभएको समेत उल्लेख गरेका छन्।

उनले वर्तमान निर्वाचन प्रणालीबाट जो प्रधानमन्त्री भए पनि निस्कने यही फोहर भएको टिप्पणी गरेका छन्। त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानु पर्ने उनको मत छ।

‘नेतृत्वप्रति नयाँ पुस्ताको आक्रोश नाजायज छैन’ भट्टराईले लेखेका छन्, ‘तर दुई कुरामा ध्यानदिनु पर्ला-१.हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हैन! २.यो खिचडी संसदीय/निर्वाचन प्रणालीको थोत्रो मेशिनबाट जो प्रम भए पनि निस्कने यही फोहर हो। अतःप्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊॅ न!’