बाबुराम र नारायणकाजीको यस्तो जुहारी ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बाबुराम र नारायणकाजीको यस्तो जुहारी !



काठमाडौं, कात्तिक ७ ।

गोरखा प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा उम्मेदवारी दर्ता गरेको भोलिपल्ट सोमबार मुख्य प्रतिस्पर्धि नयाँ शक्ति पार्टीका संयोजक बावुराम भट्टराइ र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एकै मञ्चमा देखा परे । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको निर्वाचन आचार संहिता पालना वारे छलफल कार्यक्रममा भट्टराई कांग्रेसका उम्मेदवार सहित थिए भने र नारायणकाजी एमाले उम्मेदवार र नेता कार्यकर्ता भएतिर आमने सामने भएर बसेका थिए । दुई नेताको एकै क्षेत्रमा मनोनयन दर्ता गराएसँगै जिल्लाको चुनावी चहलपहल बढेको छ । दुवै नेताले सोमबार नै छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर एक अर्का प्रति घोचपेच गर्न समेत भ्याए ।

वाम गठवन्धनले निषेध गर्न खोज्यो: बावुराम

नयाँ शक्ति पार्टीका संयोजक डा. बावुराम भट्टराईले वामपन्थी गठवन्धनले आफ्नो पार्टीलाई निषेध गर्न खोजेको आरोप लगाएका छन् । एमाले र माओवादीको अहिलेको गठवन्धन सत्ता प्राप्ती र चुनावी दाउपेच मात्र भएको भट्टराइको आरोप छ । सोमबार पत्रकारसँग कुराकानी गर्दै भट्टराइले भने ‘तालमेलले घात प्रतिघात हुँदैछ, हेर्दै जानु चुनाव पछि पार्टी एकता भन्दा पनि दुवै दल आ–आफ्नो बाटो लाग्छन् ।’

भट्टराइले नयाँ शक्ति पार्टी राष्ट्रिय पार्टी बन्ने लक्ष्यका साथ चुनावमा होमिएको पनि बताए । ‘हामी वाम लोकतान्त्रीक शक्ति हौँ, दुरदृष्टि भिजनको प्रतिकको रुपमा रहेको आँखा चिन्ह लिएर चुनावमा होमिएका छौँ,’ उनले भने । नयाँ शक्ति पार्टीले स्वतन्त्र दलको अस्तित्व कायम गर्ने भट्टराइको भनाइ छ । गोरखा क्षेत्र नम्वर २ मा आफुले थुप्रै विकास निर्माणको कामको शुरुवात गरेकाले त्यसलाई पुरा गर्ने प्रतिवद्घता भट्टराइले जनाए । ‘दुइ पटक यहि जिल्ला बाट निर्वाचित भइसकेँ, विकासका मोडेल अघि सार्ने पर्यत्न पनि गरेँ, आफुले रोपको विकासको विरुवा हुर्काएर देशकै मोडेलको रुपमा विकास गर्छु,’ भट्टराइले भने ।

पछिल्लो समय सामाजिक सञ्जालमा कांग्रेसलाई जरैदेखि उखालेर फाल्छु भनेर भट्टराइले भन्यो भन्दै दुस्प्रचार गर्न खोजिएको प्रति उनले असन्तुष्टि जनाए । ‘कांग्रेसलाई जरैदेखि उखालेर फाल्छु भन्ने त्यस्तो भाषा प्रयोग गरेको छैन, त्यस्तो दुस्प्रचार नगरियोस,’ भट्टराइले भने ।

बावुरामको प्रवृत्तिले वामगठवन्धनमा टिक्न सकेनन्: नारायणकाजी

बावुरामको प्रवृक्तिले वाम गठवन्धनमा टिक्न नसकेको माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा गोरखा क्षेत्र नम्वर २ का उमेदवार नारायणकाजी श्रेष्ठले बताएका छन् । सोमबार पत्रकार सम्मेलनमा वोल्दै श्रेष्ठले सामथ्र्य भन्दा बढी शर्त राखेको पनि आरोप लगाए । ‘वावुरामको प्रवृत्ति प्रष्ट छैन, त्यतिका समय माओवादीको नेतृत्व गरेको नेता कम्यूनिष्ट चाहिँदैन भन्दै वाहिरिनुभयो, स्थानीय चुनावमा उपेन्द्र सँग मिल्नु भयो, सन्तोषजनक नतिजा आएन, फेरी एमाले माओवादी गठवन्धनमा मिसिनु भयो अहिले फेरि कांग्रेससँग तालमेल गर्नुभएको छ,’ श्रेष्ठले भने ‘आफ्नो पार्टीको समथ्र्यले नभ्याउने खालेको सिट संख्या पनि माग्नुभयो, उहाँको प्रवृत्तिको परिचय सवैलाई थाहा छ ।’

वाम गठवन्धनले स्पष्ट बहुमत ल्याएर राजनितिक स्थायित्व कायम गर्ने श्रेष्ठको भनाइ छ । ‘समाजवादी क्रान्ति पुरा गर्न स्थीर सरकार चलाउने हामीले मात्र सक्छौँ,’ श्रेष्ठले भने ‘ससत्त र सुदृढ संगठन, प्रस्ट वैचारीक लाइन, कार्यकर्ताको मनोवल उच्च छ यहि कारणले हामीले गोरखा क्षेत्र नम्वर २ जित्छौँ ।’ नयाँ पत्रिकामा खबर छ ।