बाबुरामले प्रचण्डलाई भने : मुरली बजाएर मुसा पछी लाग्ने जमाना गयो - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

बाबुरामले प्रचण्डलाई भने : मुरली बजाएर मुसा पछी लाग्ने जमाना गयो



नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टाराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाईलाई इंगित गर्दै जवाफ फर्काएका छन्।

बिहिबार नयाँ शक्तिका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले बाबुरामलाई पार्टीमा पुन : फर्किन अाह्वान गरेका थिए।

उनले ट्वीटरमार्फत अबका ‘मुसाहरू’ लाटा छैनन् भन्दै जवाफ फर्काएका हुन्।

‘प्रचण्डजीका कुरा सुन्दा स्कूलमा पढेको ‘पाइड पाइपर अफ हेमलाइन  कविताको सम्झना हुन्छ’,उनले भनेका छन्,‘मिठो मुरलीवादकले सहरका सबै मुसाहरूलाई आफ्नो धूनको पछि लगाएर समुन्द्रमा होमे झै प्रचण्ड अनेक कुतर्क गरेर आफ्नो कुर्सीका निम्ति पुरै माओवादी शक्ति एमाले समुन्द्रमा होम्दै हुनुहुन्छ।’

कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘हाम्रो त भनाइ बाबुरामजीहरू समेत यहीँ जोडिन आउनुपर्छ भन्ने हो। नत्र कुनै भविष्य छैन। मैले त उतिबेलै भनेको हो- बाबुराम जीलाई  गल्ती गर्नुभएको छ तपाईले। ब्लन्डर गर्नुभएको छ। धेरै ठूलो भूल गर्नुभएको छ। यसको पश्चाताप गरेर फर्कनु पर्ने हुन्छ उहाँले। अनि मात्रै उहाँलाई माथि जाने बेलामा आनन्दसँग जान पाइन्छ। उहाँलाई नत्र पोलेको पोल्यै हुन्छ। दु:ख उहाँलाई नै हुन्छ भन्ने चिन्ता छ हामीलाई।’