डा.भट्टराई भन्छन: सत्ता र धनको बलमा अपराध लुकाईयो
काठमाडौं- पुर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुर्वसभामुख कृष्ण बहादुर महरा काण्डलाई लक्षित गर्दै सत्ता शक्ति र धनको बलमा अपराध लुकाउने अभ्यास भएको भन्दै व्यंग्य गरेका छन् ।
उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । डा. भट्टराईले हिजोका क्रान्तिकारी कमरेडहरूले पनि सत्तामा पुगेपछि त्यही हर्कत गर्ने हो भने त्यत्रो वलिदानको के अर्थ रह्यो ? भन्दै प्रश्न समेत गरेका छन् ।
डा. भट्टराइले पुराना सत्ताहरू र नयाँ सत्तामा फरक नभएको इङ्गित गर्दै लेखेका छन्, रातो झण्डा ओढ्दैमा असत्य र अन्याय टिक्दैन! सबैलाई चेतना भया!
यस्तो छ उनको ट्वीट