बाबुरामले भट्टराईले ल्याए संसद रिक्त नहुने मध्यमार्गी प्रस्ताव - Himal Post Himal Post
  • २७ आश्विन २०८१, आईतवार
  •      Sun Oct 13 2024
Logo

बाबुरामले भट्टराईले ल्याए संसद रिक्त नहुने मध्यमार्गी प्रस्ताव



नेपाल समाजवादी पार्टीका अध्यक्षमा डा. बाबुराम भट्टराईले संसद रिक्त नहुने मध्यमार्गी प्रस्ताव ल्याएका छन् ।

निर्वाचन घोषणापछि संसदलाई निष्क्रिय राखेर भएपनि रिक्तता हुन नदिने प्रस्ताव ल्याएका छन् । उनले संसद रिक्त नगर्ने तर तलबभत्ता नदिन र नलिन प्रस्ताव गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष भट्टराईले राजनीतिक रिक्तता सिर्जना नगर्न पनि आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘विगतमा प्रतिनिधिसभा रिक्त रहँदा लोकतन्त्र धरापमा पार्ने हर्कत भएको कटु अनुभवबाट सिकेर संविधानसभामा वृहद छलफल गरेरै अर्को निर्वाचित सभा नबनेसम्म पुरानै कायम राख्ने सहमति भएको हो । बरु निर्वाचन घोषणा भएपछि संसद निष्क्रिय राखौं र तलबभत्ता नदिऊॅ र नलिऊॅ तर राजनीतिक रिक्तता सिर्जना नगरौं !’