बाबुरामले एमाले–माओवादीसँग बदला लिन कांग्रेस संग तालमेल गर्ने - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

बाबुरामले एमाले–माओवादीसँग बदला लिन कांग्रेस संग तालमेल गर्ने



काठमाडौँ, असोज ३० । 

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले माओवादी केन्द्रलार्इ तह लागाउन भन्दै कांग्रेससँग तालमेल गर्ने घाेषणा गरेका छन् ।बाम गठबन्धनबाट बाहिरिएका नयाँ शक्तिका संयोजक भट्टराईले एमाले–माओवादीसँग बदला लिने भएका हुन् ।बाबुराम प्रतिनिधि सभाको निर्वाचनमा गोरखामा कांग्रेससँग तालमेल गरेर चुनाव लड्ने तयारीमा छन् ।

स्थानीय तहको चुनावमा गोरखाबाट कांग्रेस, माओवादी र नयाँ शक्तिको राम्रो मत आएको थियो । माओवादी र नयाँ शक्तिको लडाईंका कारण कांग्रेसले धेरै स्थानीय तह जित्न पुग्यो । त्यहाँ एमालेको संगठन खासै छैन ।

कांग्रेससँग तालमेल गरेर माओवादीलाई तह लागएर बदला लिने बाबुरामको मनासय छ । गोरखा–१ कांग्रेसलाई दिएर २ बाट आफू लड्ने बाबुरामको तयारीमा कांग्रेस साथ दिन तयार भएकाे छ ।

गोरखा–२ बाट माओवादी नेता नारायणकाजी समेत उठ्ने भएका छन् । बाबुरामले भने सो क्षेत्रबाट चुनाव जित्न नयाँ मोडालिटी तयार पारेका छन् ।

वाम गठबन्धनलाई अहिलेको आवश्यकता भन्दै मिसिएका बाबुराम आसन्न निर्वाचनमा गठबन्धनबाट नयाँ शक्तिले मागेजति सिट नपाएपछि बाहिरिएका थिए । गठबन्धनबाट बाहिरिएसँगै उनले नयाँ सिराबाट गृहकार्य थालेका हुन् ।