बाबुरामले भने: ओली सरकार अधिनायकवादी भयो, प्रतिवाद गरौँ ! - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

बाबुरामले भने: ओली सरकार अधिनायकवादी भयो, प्रतिवाद गरौँ !



हिमालपोष्ट सम्वाददाता/काठमाडौं-  

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी नेपालको २ दिने राजकिय भनिएको धार्मिक भ्रमणमा आएसँगै सरकारका धेरै कदमको विरोध भएको छ । ओली सरकारले लोकतन्त्रमा अधिनायकबाद लाद्न खोजेको आरोप जनताले लगाउन थालेका छन् ।

खास गरी सामाजिक सञ्जालमा मोदी र नाकाबन्दी विरुद्ध लेख्न लगाइएको प्रतिबन्ध, नेपाली पत्रकारलाई गरिएको निषेध, विवेकशील कार्यालयमा भएको हस्तक्षेप, बुटवलमा भएको धरपकड आदि विषयले सरकारलाई अलोकप्रिय नै बनाएको छ ।

यसै क्रममा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि सरकारका काम अलोकप्रिय भएको बताउँदै यो सरकार अधिनायकवादी भएको टिप्पणी गरेका छन्

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ‘विधिवत् दर्ता भएको कुनै राजनीतिक दलले देशको संविधान र कानुन विपरीत नहुने अभिव्यक्ति बोलेर, लेखेर, तुल टांगेर वा अन्य कुनै प्रकारले गर्दा त्यसलाई राज्यले बल प्रयोग गरेर रोक्नु अधिनायकवाद वा कसैप्रति चाकडी प्रदर्शनकै भद्दा नमुना हो। त्यसको सबैले प्रतिवाद गरौँ!’

उनले यो कार्य निन्दनीय भएको र सबैले सरकारको यो कदमको प्रतिबाड गर्नुपर्ने बताएका छन् ।