ओलीलाई बाबुरामको झटारो: टाउकाको ओखती नाइटामा लगाउ ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ओलीलाई बाबुरामको झटारो: टाउकाको ओखती नाइटामा लगाउ !



नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले विनाशकारी भूकम्प गएको तीन वर्ष बित्दा पनि पनि पुनःनिर्माण हुन नसक्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत डा.भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मेरो धरहरा मेरो गौरव’ अभियानमाथि समेत प्रश्न उठाएका छन् ।

‘विनाशकारी भूकम्पको तीन वर्ष पछि सात लाख भत्किएका घर र अन्य संरचना मध्ये दुई तिहाइ अझै बन्न नसक्नु राष्ट्रिय लज्जाको विषय हो !’, पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने, ‘तर सरकार र प्रम कुनै लज्जबोध नगरी मेरो धरहरा मेरो गौरवको डम्फु बजाउन लाग्नु त टाउकाको ओखती नाइटामा लगाए जस्तो भएन र ?’