नाकाबन्दीका कट्टर समर्थक र विरोधीको मुकुण्डो उत्रियो: डा. भट्टराई - Himal Post Himal Post
  • २४ मंसिर २०८१, सोमबार
  •      Mon Dec 9 2024
Logo

नाकाबन्दीका कट्टर समर्थक र विरोधीको मुकुण्डो उत्रियो: डा. भट्टराई



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र कट्टर विरोधीको सालनाल जोडिएको खुलासा गरेका छन् ।

ओली सरकारमा जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोको नेतृत्वमा १० जना सहमागी भएपछि परिषद् अध्यक्ष बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो टिप्पणी लेख्दै नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ भनेर प्रश्न गरेका छन् ।

उनले जसपाका नेताहरू सरकारमा सहभागी भएपछि अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने दुवैको मुकुण्डो उत्रिएको तर्क गरेका छन् ।

‘यक्ष प्रश्न- संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुवैको मुकुण्डो उत्रिएन त ?’ उनले भनेका छन् ।