निर्वाचन नलड्ने बाबुराम भट्टराईको घोषणा - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

निर्वाचन नलड्ने बाबुराम भट्टराईको घोषणा



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई यसपटक चुनाव नलड्ने भएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै उनले यस पटक चुनावमा नउठ्ने बताएका हुन।

‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु’,उनले भनेका छन।

उनले २०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका थिए।