लोकतन्त्रलाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक- बाबुराम
काठमाडौं – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने भएपछि डा, भट्टराईले सामाजिक संजालमा लेख्दै सबै जिम्मेवार बन्न जरुरी रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक छ!राष्ट्रपतिले संसदबाट २/२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीस महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन्! सबै जिम्मेवार बनौं!।’