बाबुराम भट्टराई विचार नभएको नेता हुन् :श्रेष्ठ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बाबुराम भट्टराई विचार नभएको नेता हुन् :श्रेष्ठ



काठमाडौं /कात्तिक २२ ।

बामगठबन्धनबाट गोरखा २ मा प्रतिनीधिसभाका उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्ना प्रतिस्पर्धी डा.बाबुराम भट्टराई विचार नभएको नेता भएको टिप्पणी गरेका छन् । आज गोरखाको सुलिकोट गाउँ पालिका २ को बारपाकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले बाबुराम अवसरवादी भएको पनि टिप्पणी गरे । उनी मंगलवार लडेर सामन्य घाइते भएका थिए । बारपाक पुगेर उनले झन्डै एक घण्टा भाषणा गरेका छन् ।

श्रेष्ठले भने मलाई प्रतिस्पर्धी उम्मेदवारसँग केही भन्नु छैन । लोकतन्त्रमा म सवैको सम्मान गर्छु । गोरखा २ लाई सिंगो देशले हेरेको छ । कतिपय अन्तराष्ट्रिय समुदायले पनि हेरेको छ । हामी विश्वस्त छौँ ,क यहाँका जनताले कम्युनिष्ट गठबन्धनलाई विजयी बनाउनेछन् ।
यो मेरो होइन, विजयी जनताको हो । आफ्नो विजयीका लागि मतदान गर्नुहुनेछ ।

मैले साथीहरुलाई भन्ने गरेको छु । बाबुराम प्रधानमन्त्री भएका हुन् । नाम चलेको पनि छ । तर, पनि जित मेरो हुन्छ । यहाँ नजित्ने भए पार्टीले मलाई अनेत्र पठाउथ्यो । बाबुराम सावुराम जो आएपनि जित्छौँ भनेर यहाँ आएको हो । बाबुराम लड्ने थाहा थियो । जित्छौँ भनेर आएका हौँ ।

हाम्रो विचार र बाटो प्रष्ट छ । संविधान लागु गर्छौँ । विकास र समृद्धितिर देशलाई लैजान्छौँ । अरु प्रतिस्पर्धीको विचार केही छैन । बाबुरामसँग के विचार छ ? उनको विचार माअ‍ोवादीसँग हुँदाको बेला भन्ने कि । माओवादी छाडेर नयाँ शक्ति बनाउँदाको विचार भन्ने कि । नयाँ शक्तिले निर्माण गर्न नसकेर मधेश केन्द्रीत दलसँग पार्टी एकता गर्न कोशिष गर्दाको विचार बन्ने कि । संघीय समाजवादीले एकता गर्न नमानेपछि उसको चुनाव चिन्ह मागेर लड्दाको विचार भन्ने कि ।

स्थानीय तहको चुनावमा कतै जित्न नसकेपछिको विचार बन्ने कि । एमाले र माअ‍ोवादवीच बामगठबन्धन बनाउँदा अचानक म पनि मिल्छु भनेर आउँदाको विचार भन्ने कि । चार दिनपछि बामगठबन्धन छाडेर हिड्दाको विचार भन्ने कि । अर्को चारदिनपछि फेरि काँग्रेससँग मिल्दाको विचार बन्ने कि ।

विचारै नभएको नेतालाई भोट दिने कि, विचार भएकालाई ? कम्युष्टि सरकार बन्न थालेको देख्दा देख्दै गोरखाली जनताले आफ्नो खुटामा बन्चरो हान्ने छैनन् ।

गोरखामा माओवादी बलियो, एमालेसँग मिल्यो । संगठन सुदृढ छ । यो पनि जित्ने आधार हो । यहाँ काँग्रेसका साथीहरुको रुख चिन्ह छैन । जसलाई समर्थन गर्नुभएको छ, उनी मौकापरस्त छन् । अवसरवादी हुन् । व्यक्तिवादी प्रवति देखाए । उनले लोकतन्त्रलाई सुदृढ गर्दैन । लोकतन्त्र बचाउन सक्दैनन् । काँग्रेसका साथीहरुले हामीलाई समर्थन गर्नुस । काँग्रेसको उम्मेद्वार पनि मै हुँ । रासस