डा . बाबुराम भट्टराईले एकाएक माफी मागेपछी... - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

डा . बाबुराम भट्टराईले एकाएक माफी मागेपछी…



काठमाडौं। बारपाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको ४ वर्ष भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाकमा नयाँ घर निर्माण भएका छन् ।

भूकम्पमा परि ७१ हजार ५ घर भत्किएकोमा अहिलेसम्म ४९ हजार ७० घर बनिसकेका छन् । भूकम्प अघि ढुंगाको छानो र ढुंगाकै पर्खाल रहेको परम्परागत बस्ती बारपाकमा पुनर्निर्माण भएकामध्ये धेरैजसो आरसीसी पक्की घर बनेका छन् । बारपाकका बस्तीको रुप नै फेरिएको छ ।

सो क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्दै आएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई गोरखा भूकम्पको चार वर्ष पुग्दा खुशी र दुःखको अनुभूति एकसाथ भएको टिप्पणी गर्छन् ।

उनले बिहीबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘विनाशकारी भूकम्पको केन्द्र बारपाकको पुनर्निर्माणपछि खुशी र दुःखको अनुभूति एकैसाथ भैरहेछ । बारपाकले संसदमा प्रतिनिधित्व गर्ने अवसर दिएकोमा आभारी छु । तर यो नयाँ बारपाक र त्यो पुरानो बारपाक हेरौं त ! घले÷गुरुङ संस्कृति कायमै राखेर पनि त पक्की घर बनाउन सकिन्थ्यो ! हामी चुक्यौं ।’ ट्वीटको अन्त्यमा उनले ‘सरी बारपाक’ लेखेका छन् ।