बाबुराम भन्छन्: खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

बाबुराम भन्छन्: खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती



काठमाडौं – जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेकपा एमालेको शुक्रबारदेखि सुरु भएको पहिलो विधान महाधिवेशनलाई ओलीको निभ्ने बेलाको बत्तीको संज्ञा दिएका छन्।

उनले लुटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पारिए पनि अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्। नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपुजाको ककटेलले अन्त: स्टालिन, हिटलर र फासीवाद जन्माउने भन्दै भट्टराईले चर्को आलोचना गरेका छन् ।

ओलीको नक्कली राष्ट्रवादले हिटलर र फासिवाद जन्माउने पनि भट्टराईले बताएका छन्। उनले ओलीकै कारणले अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्ने समेत बताएका छन् ।

‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लुटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ। नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपुजाको ककटेलले अन्त: स्टालिन, हिटलर र फासीवाद जन्माउने हो। चेतना भया!’, भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।