जसपा र डा. बाबुराम भट्टराई दुबैको बेहाल - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

जसपा र डा. बाबुराम भट्टराई दुबैको बेहाल



काठमाडौं- माओवादी छोडेर नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टी (जसपा)सम्म पुगेका डा. बाबुराम भट्टराई आफ्नै पार्टीबाट निष्काशित भएका छन् ।

जसपाको उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष रहेका डा. बाबुराम भट्टराईसहित ९ जनालाई कारबाही गरेको छ । बाबुराम पक्षलाई कारबाही गरिएपछि औपचारिक रूपमा जसपाको पनि विभाजन भएको छ ।

पटक पटक फुटेको जसपा यसपटक पनि अछुतो रहन सकेन भने पहिले जस्तै बाबुरामले पनि पार्टी छोड्न बाध्य भएका छन् ।

यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको केन्द्रीय कार्यकारिणी सदस्य मनिस सुमनले जानकारी दिए ।

कारबाहीमा पर्नेहरूमा केन्द्रीय कार्यकारिणी सदस्यहरू हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव र दुर्गा सोबलाई गरिएको छ ।

भट्टराई पक्षले काठमाडौंमा समानन्तर भेला गरेको थियो ।