एकाएक बाबुराम भट्टराईले बबरमहल किन छोडे ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

एकाएक बाबुराम भट्टराईले बबरमहल किन छोडे ?



काठमाडौं । डा.बाबुराम भट्टराईले बबरमहलस्थित पार्टी कार्यालयलाई पनि छाडेका छन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा पार्टी बिलय गराएका डा.भट्टराईले बबरमहलको कार्यालय पनि चत्रक्कै छाडेका हुन् । डा.भट्टराई अब तत्कालीन संघीय फोरमको कार्यालय बालकुमारीमा भेटिनेछन् ।

समाजवादी पार्टी नेपालले तत्कालीन संघीय समाजवादी फोरमको साविक कार्यालयलाई केन्द्रीय मुकाम बनाउने भएको हो ।

अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच फोरमको बालकुमारीस्थित साविक कार्यालयलाई नै व्यवस्थित गर्ने सहमति भएको छ ।

तत्कालीन नयाँ शक्ति पार्टीको बबरमहलमा रहेको केन्द्रीय कार्यालयमा पार्किङ समस्या भएको समाजवादी पार्टीका उपाध्यक्ष पर्शुराम खापुङले बताए ।

निर्वाचन आयोगमा नाम जुधेपछि नयाँ पार्टीको नाम के राख्ने भन्ने विषयमा छलफल भइरहेको उपाध्यक्ष खापुङले बताए ।

केही दिनभित्रै पार्टी निर्वाचन आयोगमा दर्ता हुने खापुङले बताएका छन् ।