डा. भट्टराई तनावमा - प्रभावशाली दर्जन नेता अलग, नयाँ शक्ति ब्युँताउने - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

डा. भट्टराई तनावमा – प्रभावशाली दर्जन नेता अलग, नयाँ शक्ति ब्युँताउने



काठमाडौँ  – एकता गरेको हप्ता नबित्दै बाबुराम भट्टराईलाई तनाव भएको छ। उपेन्द्र यादव नेतृत्वको सङ्‌घीय समाजवादी फोरमसँगको एकतालाई आत्मसमर्पणको संज्ञा दिँदै बाबुराम भट्टराईलाई दर्जन बढी प्रभावशाली नेताले साथ नदिएको खुलासा भएको छ।

उनीहरूले एकता प्रक्रियाबाट आफूहरू अलग रहेको बताएका छन्। ललितपुरमा बुधबार बसेको असन्तुष्ट पक्षको भेलाले फोरमसँगको एकतामा सामेल नहुने निस्कर्ष निकालेको हो। उनीहरूले एकता सम्मानजनक नभएको विषयमा एकपटक बाबुरामलाई भेटेर ज्ञापनपत्र दिने र सम्बोधन नभए पूरानै पार्टी नयाँ शक्तिलाई सङ्गठित गर्ने निस्कर्ष निकालेका छन्।

एकताबारे पार्टीमा पर्याप्त छलफल नै नरहेकामा उनीहरूको आक्रोश छ। भेलामा नेताहरू देवेन्द्र पराजुली, कल्पना धमला, मदनकुमार राई, भक्तबहादुर साह, सोनामसिंह स्याङतान, रामबहादु बोहरा, रामरिझन यादव र ज्ञानेन्द्र कुमाल लगायत थिए। धमला पूर्वमन्त्री तथा साह र कुमाल पूर्वसभासद हुन्।