विवाह गरेको एक घण्टापछि बच्चा जन्मियो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

विवाह गरेको एक घण्टापछि बच्चा जन्मियो



एजेन्सी:अमेरिकमा एक जोडीले विवाह गरेको एक घण्टापछि बच्चा जन्माएका छन् । अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर ‘पेटे बुटिगिग’ले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गराइदिन आग्रह गरेको बताए ।

अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए भने औंठी तयार नभएकाले एक अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिए ।त्यसपछि मेरीले डाक्टरसँग ९ बजेको समय लिइन् ।

उनले छोरीलाई जन्म दिएकी छिन् । जेड क्याथरिन जोन्स साउथ ब्रेन्डकी सबैभन्दा नयाँ निवासी भएको मेयर बुटिगिगले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

उनले बालिकाको तस्बिर पोष्ट गर्दै लेखे, ‘मेरो कार्यकालको समाप्तिमा मलाई यो कुरा विशेष याद रहनेछ । नवविवाहित र नयाँ आमा–बुवालाई बधाई । जेड, तिमीलाई यो मायालु संसारमा स्वागत छ ।