सिद्धबाबा छुटे, तीन लाख बुझाए - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

सिद्धबाबा छुटे, तीन लाख बुझाए



सुनसरी- आफ्नै अनुयायीमाथि यौन दुर्व्यवहारको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी धरौटीमा रिहा भएका छन् ।

सोमबार जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गिरीको मुद्दामा सोमबार थुनछेक बहस सकिएसँगै अदालतले उक्त आदेश दिएको हो ।

सोमबार प्रतिवादी गिरीका तर्फबाट अधिवक्ता मोहन कोइराला र रूपेश कोइरालाले थुनछेक बहस गरेका थिए । थुनछेक बहस आइतबारदेखि सुरू भएको थियो ।

गिरीलाई विराटनगरस्थित विराट नर्सिङहोमबाटै एम्बुलेन्समा राखी अदालतमा उपस्थित गराइएको थियो ।

उनले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका थिए ।

सुनसरीको चतरास्थित आश्रमका गिरीविरुद्ध आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गएको मंसिर १६ गते विराट नर्सिङहोमको ‘आइसीयु’कक्षबाटै पक्राउ गरेको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी विराट नर्सिङहोममा उपचाररत् थिए ।