आश्रममै बोलाएर बाबाले गरे बलात्कार, प्रहरीले उजुरी लिन मानेन - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

आश्रममै बोलाएर बाबाले गरे बलात्कार, प्रहरीले उजुरी लिन मानेन



बलात्कारजस्तो गम्भीर मुद्दामा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ। आरोपित व्यक्तिको दबाबका आधारमा प्रहरीले जाहेरी लिन नमानेको हो।

सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कारको आरोप छ।

आफ्नै अनुयायी महिलालाई गत ४ कात्तिकमा बलात्कार गरेको पीडितको भनाइ छ। पीडितले प्रहरीमा जाहेरीसमेत दिइसकेकी छिन् । तर, प्रहरीले जाहेरी दर्ता गरेर आरोपीलाई पक्राउ नगर्दा पीडितमाथि उजुरी फिर्ता लिन दबाब बढेको खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।

आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख छ। प्रहरीले अझै जाहेरी दर्ता गरेको छैन।

सिद्धबाबाकै प्रभावमा परेर प्रहरीले जाहेरी दर्ता नगरेको पीडितको भनाइ छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले घटनाको अनुसन्धान भइरहेको बताए। ‘काठमाडौंबाट त्यससम्बन्धी बुधबार जाहेरी आएको छ,’ एसपी पोखरेलले भने, ‘घटना भएको होरहोइन, हामी अनुसन्धानकै क्रममा छौँ।’

आश्रममै रहेका सिद्धबाबासँग प्रहरीले सोधपुछसमेत गरेन
बुधबार नै त्यससम्बन्धी जाहेरी आए पनि प्रहरीले न जाहेरी दर्ता गरेको छ न त आरोपीलाई पक्राउ गरेर अनुसन्धानमै चासो दिएको छ। जसका कारण आरोपीले पीडितमाथि प्रभाव तथा दबाब दिने अवस्था सिर्जना भएको छ। स्रोतका अनुसार बिहीबार बेलुकासम्म प्रहरीले सिद्धबाबामाथि सोधपुछसमेत गरेको छैन। उनी आश्रममै छन्।