होम सेन्टरमै हुने भयो कक्षा १२ को परीक्षा - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

होम सेन्टरमै हुने भयो कक्षा १२ को परीक्षा



काठमाडौँ – कक्षा १२ को परीक्षा विद्यार्थी अध्ययन गरेकै विद्यालय अर्थात होम सेन्टरमा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको जानकारी गराएका हुन् । परीक्ष साउन ३१ देखि भदौ ९ गतेसम्म हुँदैछ ।

सदस्य सचिव अर्यालले अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने र यसले कोरोना संक्रमणको जोखिमलाई बढाउन सक्ने भएकाले होम सेन्टरबाट परीक्षा गर्नु पर्ने अवस्था आएको बताएका हुन् ।

एसइइको नतिजा आन्तरिक मूल्यांकनबाट प्रकाशित गर्ने तयारी भएको तर कक्षा १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होमसेन्टरबाट परीक्षा लिन लागेको सदस्य सचिव अर्यालले बताएका हुन् ।