प्रमुख निर्वाचन आयुक्तको जीउ ज्यानमै हमलाको प्रयास:राष्ट्रिय मानवअधिकार आयोग - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

प्रमुख निर्वाचन आयुक्तको जीउ ज्यानमै हमलाको प्रयास:राष्ट्रिय मानवअधिकार आयोग



काठमाडौं– प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको धापाखेलस्थित घरमा आइतबार साँझ भएको बिष्फोट यादबको जीउ ज्यानमै हमलाको प्रयास भएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ।

मंगलबार बिज्ञप्ती जारी गरी आयोगले घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै सुरक्षा मजबुत बनाउन पनि सरकारलाई आग्रह गरेको छ।

मंगबार आयोगका अध्यक्ष अनुपराज शर्मा र सचिव बेद भट्टराई घटनास्थल पुगेर निरीक्षण गरेका थिए। निरीक्षणपछि आयोगले यादबलाई नै लक्षित गरेर बिष्फोट गराउन खोजिएको निष्कर्ष निकालेको हो।

घटनामा संलग्नहरुको २ दिन बित्दा पनि पहिचान हुन सकेको छैन।

बिष्फोटबाट यादबको घरको सिसाहरु फुट्नुका साथै पर्खाल समेत भत्किएको थियो।