अटो रिक्सा दुर्घटनामा १० जनाको मृत्यु - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

अटो रिक्सा दुर्घटनामा १० जनाको मृत्यु



नयाँ दिल्ली- भारतको तेलंगनामा भएको दुर्घटनामा कम्तीमा १० जना यात्रुको ज्यान गएको छ। मेन्दोरा राज्यस्थित सडकमा गुडिरहेको अटो रिक्सा सडकबाट खोँचमा खस्दा त्यसमा रहेका १० जना यात्रुको ज्यान गएको हो। मृतकमा ४ महिला र ६ बालबालिका छन्।

रिक्सामा १४ जना यात्रु रहेका थिए। अरु यात्रु घाइते भएका छन्। प्रहरीका अनुसार निकै रफ्तारमा रहेको सो रिक्सा अनियन्त्रित भई अकस्मात खसेर दुर्घटनामा परेको थियो। आइतबार साँझ सो दुर्घटना भएको स्थानीय प्रहरीले जानकारी दिएको छ। उक्त राज्यको राजधानी हैदराबादबाट करिब १७० किलोमीटर टाढा सो दुर्घटना भएको हो।