अस्ट्रेलियामा सयाैं नेपाली विद्यार्थी अलपत्र -कलेज नै खारेज - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अस्ट्रेलियामा सयाैं नेपाली विद्यार्थी अलपत्र -कलेज नै खारेज



काठमाडौं -अस्ट्रेलियाको इन्टरनेसनल इन्सिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी इन्टरनेसनल) कलेज बन्द भएको छ । अस्ट्रेलियन सरकारको शैक्षिक निकाय अस्ट्रेलियन स्किल क्वालिटी एथोरोटी (आस्क्वा)ले मंगलबार एआईबीटी कलेजको दर्ता खारेजी गर्ने निर्णय गरेको हो ।

यो कलेजमा हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययन गरिरहेका थिए । अब उनीहरु अलपत्र परेका छन् ।

आस्क्वाको निर्णयलाई माथिल्लो निकायले पुनरावलोकन गरेमा भने एआईबीटीका विद्यार्थी जोगिनेछन् ।

गत फागुनमा पनि नर्सिङ सोसाइटी सम्बन्धन नलिएको र बिना रिफरेन्स विद्यार्थीलाई नर्सिङ डिप्लोमा भर्ना लिएका कारण द अस्ट्रलिया इन्स्टिच्युट अफ विजनेस एन्ड टेक्नोलोजी कलेजलाई खारेज गरिएको थियो । यो प्रकरणमा हजारौं विद्यार्थी अलपत्र परेका थिए ।

एआईबीटी र एआईबीटी इन्टरनेसनल एकै स्वामित्वमा रहेका दुई छुट्टाछुट्टै कलेज हुन् ।

उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया पुगेका हजारौं नेपाली विद्यार्थी गलत सल्लाह र सुझावका कारण शैक्षिक अन्याेलमा पर्ने गरेको घटना सेलाउन नपाउँदै फेरि करिब एक हजार नेपाली विद्यार्थी अलपत्र परेका हुन् ।

यस्ता कलेजमा जान प्रबन्ध मिलाउने नेपालका परामर्शदाता, अध्ययनका लागि आपत्ति छैन भन्दै पत्र (नो अब्जेक्सन लेटर) दिने शिक्षा मन्त्रालय र त्यस्तो कलेजमा पढ्न भनी भिसा दिने अस्ट्रेलियन दूतावासको लापरबाहीले हजारौं विद्यार्थी समस्यामा परेका छन् ।