अस्ट्रेलियामा बुटवलका गौतमको श्रीमतीले गरिन हत्या - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

अस्ट्रेलियामा बुटवलका गौतमको श्रीमतीले गरिन हत्या



अष्ट्रेलिया: श्रीमान श्रीमतीको झगडा हुँदा अस्ट्रेलियामा श्रीमानको मृत्यु भएको छ। बुटवलका सन्तोष गौतमको मृत्यु भएको जनाइएको छ ।

सिड्नीको ग्रान्भिलमा श्रीमान श्रीमातीको घर झगडामा कुटाकुट हुँदा श्रीमानको ज्यान गएको हो। मृत्यु हुने बुटवल घर भएका ३४ वर्षीय गौतम श्रीमतीले धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको छ ।

शनिवार राति उनीहरुबिच झगडा भएको थियो। झगडामा उनीहरुबिच धारिलो हतियार प्रयोग भएको बताइएको छ।

टाउकोमा गम्भिर चोट लागेर अचेत बनेका सन्तोषलाई राति अबेर पारामेडिक्सले अस्पताल पुर्याएका थिए। तर उनकाे मृत्यु भएकाे अष्ट्रेलियाको प्रहरीले जनाएकाे छ।

घाइते युवतीको अवस्था सामान्य छ। उनलाई हत्या आरोपमा अष्ट्रेलियाली प्रहरीले नियन्त्रणमा लिएको छ। एनएसडब्लु प्रहरी फोर्सले जारी गरेको विज्ञप्ती अनुसार उनलाई आज पारामाटा अदालतमा पेश गरिने छ।