औषधीको पत्तामा किन खाली ठाउँ छोडिएको हुन्छ ? - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

औषधीको पत्तामा किन खाली ठाउँ छोडिएको हुन्छ ?



औषधीको पत्ता किन्दाखेरी तपाईंले याद गर्नुभएको होला, दुईवटा चक्कीको बीचमा खाली ठाउँ हुन्छ। किन यो खाली ठाउँ छोडेको भनी तपाईँमा जिज्ञासा हुन सक्छ। वास्तवमा यसो गर्नुको पछाडि महत्त्वपूर्ण कारण छन्।

औषधीहरूको बीचमा हुने खाली स्पेसले औषधीका रसायनहरू मिसिनबाट रोक्छ। यसो हुँदा औषधीहरू खराब हुनबाट जोगिन्छन्। अनि कुनै नकारात्मक प्रतिक्रियाको खतरा पनि रहँदैन। औषधीहरूलाई बचाउनका लागि यसो गरिन्छ। अनि पत्तालाई काट्नका लागि पनि स्पेस छोडिन्छ।

यी खाली स्पेसले औषधीलाई यताउता लाँदाखेरी पनि मिसिनबाट रोक्ने काम गर्छन्। यो खाली ठाउँकै कारण औषधीहरू प्याकेजिङ मेसिनको बीचैमा गएर फँस्दैनन्।

स्पेस छोड्नुको अर्को कारण भनेको औषधीको विवरण उल्लेख भएको छापाको क्षेत्र बढाउनु पनि हो। कुनैकुनै औषधीको पूरा पत्तामा एउटा मात्र चक्की हुन्छ। यसो हुँदा छापा क्षेत्रमा उत्पादन मिति, प्रयोग गरिसक्नुपर्ने मिति, औषधीमा प्रयोग भएका तत्त्वलगायतका जानकारी छाप्न सजिलो हुन्छ।

तर यस्ता एकचक्के पत्ती कमै हुन्छन्। चिकित्सकले तपाईँलाई हप्तामा एकचोटि मात्र खानु भनेर कुनै औषधी लेखिदिएको हुन सक्छ। यसो हुँदा पत्तालाई काट्ने झन्झट नगर्न र औषधीको सही डोज कायम राख्‍न समेत यो स्पेस महत्त्वपूर्ण हुन्छ। तपाईँले औषधीको फरकफरक पत्ता किन्दा सही मात्रा लिनुहुन्छ।