अष्ट्रेलियाको शानदार जित - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

अष्ट्रेलियाको शानदार जित



एजेन्सी- एसेज सिरिजको पहिलो टेस्टमा अस्ट्रेलियाले घरेलु टिम इंग्ल्यान्डलाई २५१ रनले पराजित गरेको छ। सोमबार अस्ट्रेलियाले दिएको ३९८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङमा १४६ रनमै अलआउट भयो।

दोस्रो इनिङमा इंग्ल्यान्डको ब्याटिङ धरासायी पार्न अस्ट्रेलियाका नाथान लियोनले ६ विकेट लिए। यस्तै पाट कमिङ्ग्सको नाममा ४ विकेट लियो। दोस्रो इनिङमा इंग्ल्यान्डका लागि क्रिस ओएक्सले सबैभन्दा बढी ३७ रन जोडे।

त्यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा २८४ रन र दोस्रो इनिङमा ४८७ रन बनाएको थियो। दुवै इनिङमा अस्ट्रेलियाका लागि स्टिभ स्मिथले शतक प्रहार गरेका थिए। स्मिथले पहिलो इनिङमा १४४ रन र दोस्रो इनिङमा १४२ रन जोडेपछि अस्ट्रेलिया बलियो स्थितिमा पुगेको थियो।

यस्तै इंग्ल्यान्डले पहिलो इनिङमा ३७४ रन जोडेको थियो। तर अस्ट्रेलियाले दोस्रो इनिङमा बलिङ र ब्याटिङमा उत्कृष्ट खेल देखायो।