एसेज सिरिजमा अस्ट्रेलियाले लियो अग्रता - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

एसेज सिरिजमा अस्ट्रेलियाले लियो अग्रता



काठमाडौं- एसेज सिरिजको चौथो टेस्टमा अस्ट्रेलियाले घरेलु टिम इंग्ल्यान्डमाथि १८५ रनको जित निकालेको छ। जितसँगै सिरिजमा अस्ट्रेलियाले २–१ को जित अग्रता लिएको छ।

आइतबार सकिएको चौथो टेस्टमा अस्ट्रेलियाले दिएको ३८३ रनको पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङमा १९७ रनमै अलआउट भयो। उसका लागि जोए डेनलीले ५३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्।

बलिङमा अस्ट्रेलियाका पाट कमिङ्ग्सले ४ विकेट लिए भने नाथाल लियोन र जोस हजलउडले २–२ विकेट लिए।

त्यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा ८ विकेटको क्षतिमा ४९७ रन बनाएर इनिङ समाप्तीको घोषणा गरिको थियो। उसका लागि स्टिभ स्मिथले २११ रनको सानदार पारी खेलेका थिए। उनी म्यान अफ दि म्याच भए।

इंग्ल्यान्ड पहिलो इनिङमा ३०१ मा अलआउट भएको थियो। पहिलो इनिङमा अग्रता लिएको अस्ट्रेलियाले दोस्रो इनिङमा ६ विकेटको क्षतिमा १८६ रन बनाएर ३८३ रनको लक्ष्य दिएको थियो।