अष्ट्रलियामा ट्वाइलेट पेपरको अभाव भएपछि पत्रिकाले पठायो खाली पेज - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

अष्ट्रलियामा ट्वाइलेट पेपरको अभाव भएपछि पत्रिकाले पठायो खाली पेज



एजेन्सी- अष्ट्रलियामा ट्वाइलेट पेपरको चरम अभाव भएपछि एक पत्रिकाले खाली पेज वितरण गरेको छ ।

कोरोना भाइरसको त्रासका कारण ट्वाइलेट पेपर अभाव भएपछि अष्ट्रलियाको एक पत्रिकाले ८ पेज खाली पाना वितरण गरेको हो।

अष्ट्रेलियाको डार्बिनबाट प्रकाशित हुने एनटी न्युज पत्रिकाले ट्वाइलेट पेपरका रूपमा प्रयोग गर्न उपयुक्त हुने उल्लेख गर्दै खाली पाना वितरण गरेको हो। पत्रिकाले ‘आकस्मिक अवस्थाका लागि’ खाली पाना छापिएको जनाएको छ।

अष्ट्रेलियाका सुपर मार्केटमा ट्वाइलेट पेपरको अभाव देखिएको छ। कतिपय स्थानमा ट्वाइलेट पेपर खरिद गर्ने विषयमा हात हालाहालको स्थिति समेत बनेको छ।

‘हो, हामीले साँच्चै छापेका हौं’, पत्रिकाले आफ्नो ट्विटरमा #ट्वाइलेटपेपर क्राइसिस प्रयोग गरेको छ। पत्रिकाले ती आठ पानालाई काट्ने र प्रयोग गर्ने तरिकासमेत छापेको छ।

पत्रिकाका सम्पादक म्याट विलियम्सले अष्ट्रेलियाको गार्जियन पत्रिकासँगको अन्तर्वार्तामा खाली पाना छपाई सही भएको तर्क गरेका छन्।

‘पक्कै पनि पत्रिकाको यो अंक निम्न गुणस्तरको होइन’, उनले भनेका छन्।

अष्ट्रेलियनहरूले आश्यकताभन्दा ज्यादा खरिद गरेका कारण ट्वाइलेट पेपर अभाव भएको छ। अष्ट्रेलियाको सबैभन्दा ठूलो सुपरमार्केटले खरिदकर्ताका लागि सीमा तोकेको छ। प्रति व्यक्ति चार प्याकेटमात्र खरिद गर्न पाउने नियम लागू गरेको छ।