अष्ट्रेलियामा हुण्डीको नाममा ब्यापक ठगी ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अष्ट्रेलियामा हुण्डीको नाममा ब्यापक ठगी !



अष्ट्रेलियाको नेपाली समाजमा हुण्डीको चपेटामा धेरै विद्यार्थीहरू परेको जानकारी प्राप्त भएको छ | हामीलाई प्राप्त जानकारी अनुसार,केही युवाहरूले बिना शुल्क नेपाल पैसा पठाइदिन्छौ भन्दै धेरै मानिसहरूसँग रकम लिने तर उक्त रकम नेपालमा आफ्नो आफन्तहरूको हातमा नदिने गरेको तथ्य पीडित पक्ष्यले बताएको छ |

बिशेसत विद्यार्थीहरू यसको सिकार भएको बताइएको छ | विद्यार्थीहरूले आफ्नो कलेज शुल्क तिर्न भनी नेपालबाट मगाएको भारी रकम उनीहरूले यसरी ठगेको गुनासो पीडितहरूले गरेका छन् | यहाँ सम्म कि, आफ्नो परिवारले पठाइदिएको रकम उपलब्ध गराइदिन अनुरोध गर्दा अनेक बहाना बनाउने गरेको पीडितहरूको दाबी छ |

पीडित पक्ष भन्छन  उनीहरूले नक्कली बैङ्क चेक, र पैसा जम्मा गरेको रसिद तयार पारि रकम बैङ्कमा जम्मा भैसकेको र दुई या तिन दिन भित्र आइपुगी सक्ने जानकारी दिन्छन् , तर पैसा खातामा कैले आउँदैन | त्यति मात्र नभई उनीहरूले दिएको हरेक चेक बाउन्स हुने गरेको बताएका छन् |