अस्ट्रेलियाका धनाड्य युवासँग घुम्न जाँदा ४० लाख तलब पाइने - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अस्ट्रेलियाका धनाड्य युवासँग घुम्न जाँदा ४० लाख तलब पाइने



एजेन्सी– अस्ट्रेलियाका एक व्यक्तिले अचम्मको विज्ञापन गरेका छन । जसको लागि उनले तलव मात्र ४० लाख दिने बताएका छन् ।

अस्ट्रेलियाका धनाढ्य म्याथ्यु लेपरले आफ्नो सामाजिक सन्जालमा एउटा जागिरका लागि विज्ञापन गरेका हुन् ।

२६ वर्षका यी धनाढ्यलाई चाहिएको छ, एकजना यस्ता सहयोगी जो हर समय उनीसँगै घुमघाममा निस्किउन् । र, त्यसका लागि उनले प्रस्ताव गरेको तलब हो– ५२ हजार अस्ट्रेलियन डलर अर्थात् करिब ४० लाख रुपैयाँ नेपाली ।

म्याथ्यु इकमर्स व्यवसायका मालिक हुन् । उनले अहिले चार कम्पनी चलाइरहेका छन् ।

प्रत्येक साता ८५ हजार अमेरिकी डलर अर्थात् १ करोड नेपाली रुपैयाँ कमाइरहेका यी धनाढ्यले विज्ञापनमा लेखेका छन्– विश्वकै सबैभन्दा ‘कुल’ जागिर ।

यतिमात्र होइन, म्याथ्युले आफ्ना सहयोगीको घुमफिर खर्च, खाना, बस्ने व्यवस्थाका साथै स्वास्थ्य विमा पनि गरिदिने जनाएका छन् ।

उनले यो विज्ञापन खुलाएपछि ४० हजारभन्दा धेरैले आवेदन दिएका छन् । यीमध्ये अधिकांश महिला छन् र कतिले त उनीसँग विवाहको प्रस्ताव पनि गरेका छन् ।

म्याथ्युले यसरी आवेदन दिनेहरु बेलायती, इटालियन, दक्षिण अमेरिकी तथा एशियाली युवतीहरु भएको जनाएका छन् ।

यो जागिरका लागि आवेदन दिनेले राम्रोसँग कम्प्युटर चलाउन जान्ने, सामाजिक सन्जालबारे राम्रो जानकारी राख्ने हुनुपर्ने म्याथ्युका सर्त पनि छन् ।