अस्ट्रेलियामा डढेलोले गरेको क्षतिप्रति नेपाल दुखी, सरकारले पठायो यस्तो संदेश - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

अस्ट्रेलियामा डढेलोले गरेको क्षतिप्रति नेपाल दुखी, सरकारले पठायो यस्तो संदेश



काठमाडौं । अहिले अस्ट्रेलियामा डढेलोको कारण जनता आक्रान्त छन् । लामो समयदेखि लागेको डढेलोको कारण ठुलो जनधनको क्षती भएको छ भने ५० लाख भन्दा बढी जीव जन्तुको ज्यान गएको छ ।

डढेलोको कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल सरकारले अस्ट्रेलिया सरकारलाई समवेदना सन्देश पठाएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समकक्षी मराइज पेइनलाई सोमबार समवेदना सन्देश पठाएको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अस्ट्रेलियन समकक्षी मराइज पेइनलाई अस्ट्रेलियाको विनाशकारी आगजनीमा धेरै मानिस र दशौं लाख जनवारको मृत्यु, वनस्पति तथा अन्यक जीवजन्तुको अपुरणीय क्षति, विभिन्नर भौतिक संरचनामा भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै समवेदना सन्देश पठाउनुभएको छ ।”

उक्त सन्देशमार्फत मन्त्री ज्ञवालीले अस्ट्रेलियन सरकार र त्यहाँका जनताको संकट समाधानको पहलले सफलता पाउने विश्वाससमेत व्यक्त गरेको जनाइएको छ ।