अष्ट्रेलियामा कार दुर्घटनामा नेपालीको मृत्यु - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

अष्ट्रेलियामा कार दुर्घटनामा नेपालीको मृत्यु



सिड्नी । अष्ट्रेलियामा फेरी एक नेपालीको दुर्घटनामा मृत्यु भएको छ । तीव्र गतिमा गुडिरहेको गाडी रुखमा ठोक्किएर आर्यन आचार्यको मृत्यु भएको हो ।

कारमा सवार अन्य चार जना घाइते भएको जनाइएको छ । घाइतेमध्ये एककाे अवस्था गम्भीर रहेकेा बताइएको छ ।

बिहीबार सिड्नीबाट अल्बरीतर्फ गइरहेको पाँचजना सवार गाडी रुखसँग ठोक्किँदा उनको घटनास्थलमै मृत्यु भएको हो भने चालक बलराम पराजुली गम्भीर घाइते भएका छन् ।

घाइते चालकको अल्बरी क्यानबेरा अस्पतालमा उपचार भइरहेको छ । अन्य चार जनाकाे उपचार अल्बरी अस्पतालमा भइरहेको छ ।