अत्यधिक गर्मिका कारण भिमदत्तनगरका विद्यालय बन्द गर्ने निर्णय - Himal Post Himal Post
  • २ कार्तिक २०८१, शुक्रबार
  •      Fri Oct 18 2024
Logo

अत्यधिक गर्मिका कारण भिमदत्तनगरका विद्यालय बन्द गर्ने निर्णय



हिमाल पोस्ट / कञ्चनपुर । लामो समयदेखि पानी नपरेको र अत्यधिक गर्मी भएको कारण भिमदत्तनगरका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको छ ।

तापक्रम ४०° भन्दा माथी जान थालेपछि पठनपाठन कार्य गर्न असम्भव भएको भन्दै मंगलबार असार १२ गतेदेखि ४ दिन भिमदत्त नगरपालिका भित्र रहेका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो । भिमदत्त नगरपालिकाका उपप्रमुख शुसिला चन्द सिंहको संयोजकत्वमा शिक्षक ट्रेडका प्रतिनिधि सहित बसेको बैठकले आज सो निर्णय गरेको हो । उक्त निर्णयलाई अभिभावकहरुले स्वागत गरेका छन ।