आत्महत्या - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

 आत्महत्या



-सृजन ढकाल

मर्ने व्यक्तिको दिमागको मात्र दुई सेकेन्ड खेल
तेसैले मार्छ जिउँदै बा आमालाई जिउन्जेल
चौरासी जुनी कुरेर
पाएको मान्छेको जीवन हेर
मुटुमा थोरै ठेस पर्‍यो भनेर
एकैपलमा नफाल सुनौलो जीवन खेर

रातपछि दिन नै आउछँ
दुखपछि हर्ष पक्कै छाउछ
मनाव जीवन भनेकै सङ्घर्ष ठान
गाँउने गर सधैभ हिम्मतको गान
सजिलो देख्दैमा गलत बाटो नछान
ए साथी छोडेर त्यसरी कहिल्यै नजाउँन

जीवनको परीक्षामा पास हुँदा हुँदै
पारिवारिक मायाको पछ्यौरी ओढ्न पाउँदा पाउदै
त्रैमासिक परीक्षामा सात अङ्कले फेल भएर
परिवारसँगको बिस बर्से नाता चटक्क भुलेर
तीन महिनाको माया पिरिममा फतक्क गलेर
नजाउँ न मित्र हामीलाई छोडी माटोमा मिलेर ।