हिरासतमा आत्महत्या प्रयास,प्रहरी चौकी पदमपुरमा तोडफोड - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

हिरासतमा आत्महत्या प्रयास,प्रहरी चौकी पदमपुरमा तोडफोड



चितवन– चितवनमा प्रहरी हिरासतमा रहेका एक थुनुवाले आत्महत्या प्रयास गरेका छन् ।

इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका समीर घिसिङले आत्महत्या प्रयास गरेका हुन । उनको उपारका क्रममा पुरानो मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति निधन भएको हो ।

कालिका नगरपालिका १ सूर्यपुरका २४ वर्षीय घिसिङ चोरी आरोपमा गत २५ वैशाखमा पक्राउ परेका थिए । उनले २६ वैशाखमा थुनुवा कक्षको शौचालयमा आत्महत्या प्रयास गरेका थिए । घटनाको विरोधमा उनका आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय रत्ननगर र प्रहरी चौकी पदमपुरमा तोडफोड गरेका छन् ।