कैलालीमा १३ वर्षिया बालिकाद्बारा आत्महत्या - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कैलालीमा १३ वर्षिया बालिकाद्बारा आत्महत्या



बौनिया / कैलाली । कैलालीमा एक १३ वर्षिया बालिकाले आत्महत्या गरेकी छन् ।

कैलालीको मसुरियामा घर भएकी १३ बर्षिया सपना बि क ले बर्दगोरिया गाउपालिका -४ छतिवनामा मामा घरमा बुधबार झुन्डिएर आत्महत्या गरेकी हुन । बालिका सानै देखी मामा घरमा बस्दै आएको प्रहरीले जानकारी दिएको छ ।

बुधबार मृतक बालिकाको मामा र माईजु जोशिपुर गाउपालिकाको मैनापोखरि गएको र घरमा बुढी बजै पनि अन्त गएको बेलामा सपनाले आत्महत्या गरेको हुन सक्ने ईलाका प्रहरी कार्यालय बौनियाले जानकारी दिएको छ ।

मृत सपनाको बुबा बिगत लामो समय देखी सम्पर्कमा नआएको आफ्न्तले जानकारी दिएका छन । उनि स्थानीय श्री मा बि कोटातुल्सिपुर बिधालयमा कक्षा ४ मा पढदै आएकी थिईन । आत्महत्या गर्नुको कारण अझै खुल्न नसकेको र अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बौनियाकाले जानकारी दिएको छ ।