२०७५ पुस ३, मङ्लबार

एथ्लेटिको मड्रिड तेस्रोपटक च्याम्पियन बन्यो

May 17, 2018
159 Views
Spread the love
  • 4
    Shares

स्पेनिस क्लब एथ्लेटिको मड्रिडले युरोपा लिग फुटबलको उपाधि उचालेको छ । अवे मैदानमा भएको फाइनलमा फ्रेन्च लिग वान क्लब मार्सेइलीलाई ३–० ले हराउँदै एथ्लेटिको मड्रिडले ९ वर्षमा तेस्रो पटक युरोपा लिगको उपाधि उचालेको हो ।

एथ्लेटिकोको जितमा एन्टोनी ग्रिजम्यानले दुई तथा कप्तान गाबीले एक गोल गरे । ग्रिजम्यानले २१ औँ मिनेटमा गोल गर्दै एथ्लेटिकोलाई पहिलो हाफका १–० को अग्रता दिलाए ।

४९ औँ मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गरेपछि एथ्लेटिको अग्रता दोब्बर भयो । ८९ औँ मिनेटमा गाबीले गोल गरेर टिमलाई ३–० को जित दिलाए अनि तेस्रो पटक उपाधि पनि ।

एथ्लेटिको मड्रिडले यसअघि सन् २०१० र २०१२ मा पनि युरोपा लिगको उपाधि जितेको थियो । उसले धेरै पटक युरोपा लिगको उपाधि जित्ने क्लबको रुपमा आफ्ना नाम पनि लेखाएको छ ।

सेभिल्लाले पनि तीन पटक युरोपा लिगको उपाधि जितेको छ । एथ्लेटिकोको जितमा महत्वपूर्ण भूमिका खेलेका ग्रिजम्यान म्यान अफ दि म्याच पनि भए ।

Facebook Comments
  • 4
    Shares

You may be interested

पेट्रोल , डिजेल र मट्टीतेलको मूल्य घट्यो
समाचार
0 shares54 views
समाचार
0 shares54 views

पेट्रोल , डिजेल र मट्टीतेलको मूल्य घट्यो

विशाल पाण्डेय - २०७५, ३ पुष २०:१४

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर…

निर्मला हत्याप्रकरण : प्रमाण नष्ट गर्ने र निर्दोषलाई यातना दिने बिरुद्ध प्रहरीमा जाहेरी
समाचार
0 shares46 views
समाचार
0 shares46 views

निर्मला हत्याप्रकरण : प्रमाण नष्ट गर्ने र निर्दोषलाई यातना दिने बिरुद्ध प्रहरीमा जाहेरी

विशाल पाण्डेय - २०७५, ३ पुष १३:१७

कैलाली । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने…

निर्मला हत्या प्रकरण : तीन दर्जन प्रहरीमाथि कारबाहीको सिफारिस 
पत्रपत्रिका
0 shares52 views
पत्रपत्रिका
0 shares52 views

निर्मला हत्या प्रकरण : तीन दर्जन प्रहरीमाथि कारबाहीको सिफारिस 

विशाल पाण्डेय - २०७५, ३ पुष ०९:१३

काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि…