अस्थायी राजधानी रुपन्देही तोकिएपछी ५ नम्बर प्रदेश अस्तव्यस्त - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

अस्थायी राजधानी रुपन्देही तोकिएपछी ५ नम्बर प्रदेश अस्तव्यस्त



जिएन पाण्डे ,कपिलवस्तु । हिजो बसेको मन्त्री परिषदको बैठकले ७ वटै प्रदेशका अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेपछी विभिन्न ठाउँमा दिपावली मनाउने र त्यसको बिरोधमा आन्दोलन भइरहेका छन यसै क्रममा ५ नम्बर प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकेपछि कपिलवस्तु युवा संघर्ष समितिले आजदेखी अनिश्चितकालीन बन्दको घोषणा गरेको छ ।

अनिश्चितकालिन बन्दले त्यहाँको जनजीवन विहानैदेखि प्रभावित भएको छ । प्रदेश नं ५ को राजधानी कपिलवस्तु हुनपर्ने माग राख्दै कपिलवस्तु अनिश्चितकालिन बन्द गरिएपछि विहानैबाट सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा जनजीवन प्रभावित भएको छ । प्रदेश ५ को राजधानी कपिलवस्तु हुने मागसहित बिहान ६ बजेदेखि नै बन्दकर्ता सडकमा उत्रेर प्रदर्शन सुरु गरेका हुन् ।

राजधानी माग गर्दै सुरु भएको आम हड्तालमा नागरिक अगुवा, उद्योगी, व्यवसायी एवम् नागरिकहरु सहभागी भएका छन् ।
बन्दका कारण जनजीवन पुरै प्रभावित भएको छ । बिहानदेखि यातायात, बजार, स्कुल तथा कलेज सबै ठप्प छ । सरकारले कपिलवस्तु लाई इतिहास देखी नै ठग्दै आएको र अहिले पनि यसलाई उपेक्षा गरि अन्यत्र राजधानी तोकेको हुँदा सरकारलाई दबाब दिन सडकमा आउन बाध्य भएको कपिलवस्तु युवा संघर्ष समितिले जनाएको छ । उता प्रदेश ५ को राजधानी माग गर्दै दाङ जिल्लामा पनि हिजो देखि नै सुरु भएको अनिश्चितकालीन बन्द जारी रहेको छ ।

बन्दका कारण जनजीवन पुरै प्रभावित भएको छ । हिजो देखि नै यातायात, बजार, स्कुल तथा कलेज सबै ठप्प छ । सरकारले दाङको सम्भावना हुँदाहुँदै अन्यत्र राजधानी तोकेको हुँदा सरकारलाई आफ्नो निर्णय सच्याउन दबाब दिन सडकमा आउन बाध्य भएको दाङ प्रादेशिक राजधानी सरोकार समितिले जनाएको छ । सरकारले दाङमा प्रदेशस्तरीय उच्च अदालत, प्रदेश प्रहरी कार्यालय, निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । यसका साथै प्रदेश ५ को राजधानी रुपन्देही तोकिएपछी पुर्वी रुकुम ,रोल्पा ,बाँके,बर्दिया र प्युठानका नागरिक,सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन ।