अस्पताल र स्वास्थ्य संस्था बारे यसो भने मुख्यमन्त्री - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अस्पताल र स्वास्थ्य संस्था बारे यसो भने मुख्यमन्त्री



बुटवल : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई बढी जिम्मेवार र जवाफदेही बनाउनु पर्ने बताउनुभएको छ ।

प्रदेश नम्बर ५ मा आजदेखि शुरु भएको ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ जनजनमा स्वास्थ्य पहँुच हाम्रो अभियान कार्यक्रमको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले सरकारी अस्पतालमा भएका साधन स्रोत र जनशक्तिको अत्यधिक सदुयोग गरेर जनतालाई सेवा दिन निर्देशन दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले गरीब जनतालाई सेवा दिने सरकारी अस्पतालका उपकरणलाई यो वा त्यो बहानामा प्रयोगविहीन नगर्न पनि स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । उहाँले प्रदेशस्तरीय अस्पतालले सम्पूर्ण सेवा दिने वातावरण मिलाउनु पर्ने बताउँदै उपचारको अभावमा बाहिर जानुनपर्ने वातावरण मिलाउन आग्रह गर्नुभयो ।

उहाँले स्वास्थ्यकर्मी स्वच्छ भए स्वास्थ्य सेवा पनि गुणस्तरीय हुने बताउँदै स्वास्थ्य रहन नियमित व्यायाम पहिलो आधार रहेको विचार व्यक्त गर्नुभयो ।

प्रदेशका प्रमुख सचिव शंकर पाठकको अध्यक्षतामा भएको अभियान शुभारम्भ कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्रालयका सामाजिक शाखा प्रमुख डा उमाशंकर चौधरीले अभियान सञ्चालनको उद्देश्यका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा योगसमेत गराइएको थियो नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गतको यो अभियान आज प्रदेश नम्बर ५ सहित सबै प्रदेशमा शुरु गरिएको छ । (रासस)