अस्पतालको बिजोक : शौचालयमा चुकुलसमेत छैन, मोदीको चाकडी कि जनकपुरको सफाइ ?(भिडियोसहित) - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

अस्पतालको बिजोक : शौचालयमा चुकुलसमेत छैन, मोदीको चाकडी कि जनकपुरको सफाइ ?(भिडियोसहित)



काठमाडौं । सरकारी अस्पतालहरुले राम्रो सेवा दिए महंगा प्राईभेट अस्पतालहरु जान कसलाई रहर हुन्थ्यो र ? देशकै ठुलो मध्येको एक सरकारी अस्पताल शिक्षण अस्पताल महाराजगञ्जमा प्रशासनको लापरवाहीका कारण विजोक छ ।

आफ्नो दाईको उपचार गराउन शिक्षण अस्पतालको ईमेरिजेन्सी वाडमा पुगेको गोरखाका दिपक अधिकरीले भिडियो एक्सरे गर्ने कोठामा ताल्चा लगाएको र घण्टौ सम्म लाईन बस्दा पनि कोही नपाएपछि हामीलाई फोन गरे ।

अधिकारीको गुनासो गरेपछि हाम्रो टिम शिक्षण अस्पताल पुग्यो । त्यहाँ भिडियो एक्सरे गर्ने कोठामा ताल्चा लागेको थियो । बिहान देखि एक्सरेका लागि लाईन बसेका मानिसहरु भेटिए । हाम्रा टिम त्यहाँ पुगेको देखेपछि केही बेरमै भिडियो एक्सरे गर्ने दुई जना व्यक्ति हतार हतर आई एक्सर गर्न थाले । बिरामीले आफुहरु बिहान देखि आएको भन्दा पनि उनिहरु झुट बोलिरहे ।

त्यसपछि हामी शिक्षण अस्पतालको प्रशासन बिभागमा पुग्यौ । बिडम्वना त्यहा पनि कोही थिएन् । प्रशासनमा पनि कोही न भेटिएपछि हामी कार्यकारी निर्देशक डाक्टर दिपक महराको कार्यकक्षमा पुग्यौ र यस बारे उहाँलाई जानकारी गरायौं । त्यपछि उहाँले हामीलाई प्रशासन प्रमुख मानवहादुर भट्टलाई भेटाई दिनु भयो ।

भट्टले रेडियोलोजी डिपाटमेन्टका प्रमुखलाई फोन गरि तुरुन्त उपस्थित हुन पनि भन्नु भयो । इमेरिजेन्सी वार्डको भिडियो एक्सरेमा मानिस नहुनु त सामान्य हो, यहाँ त ईमेरिजेन्सी वार्डको शौचालयमा चुकुल नै रहेनछ ।

महिला र पुरुष दुवैले प्रयोग गर्ने शौचालयमा चुकल नभएको भनि एक जना महिलाले गुनासो गरिन् । हामीले यस विषयमा ईमेरिजेनसीकै डक्टर रामेश मर्हजनलाई जानकारी गरायौ । उहाँले यसका लागि आफुले प्रशासनलाई लखेर दिएपछि चुकुल लगाउने बताउनु भयो । हामीले हामीसंगै गएका प्रशासन प्रमुख मानवहादुर भट्टलाई पनि जानकारी गरायौ ।

यति मात्र होईन शिक्षण अस्पतालको ईमेरिजेन्सीमा रहेको सिटी स्क्यान मेसिन बिग्रिएको ३ महिना बढी भईसक्यो । बनाउन तर्फ कसैको ध्यान पुगेको छैन् ।

हामी शिक्षण अस्पतालमै रहँदा एक जना व्यक्तिले अर्काे गुनासो गरे, टिकट लिन लाग्दा राखिएको डिलिटल कुपन डिस्प्ले बिग्रिएको देखाए । यो बिग्रिएको एक दुई महिना भईसकेको रहेछ । प्रशासन र मेन्टिनेन्सलाई जानकारी गराउँदा पनि नबनेपछि हातले लेखेर च्यातिएको कुपन बनाईएको रहेछ ।

हामीले शनिवार पुन शिक्षण अस्पतालको इमेरिजेन्जी वार्डमा रहेको शौचालयमा चुकुल लगाईयो कि लगाईएन भनि हे¥यौ । दोस्रो दिन पनि चुकुल नदेखेपछि हामीले आफै हार्डवेयरको पसलबाट चुकल दिने ड्युटी इन्चार्जलाई हस्तान्तरण ग¥यौ उन्ले तुरुन्त मेन्टिनेन्स डिपाटमेन्टका व्यक्तिलाई चुकुल लगाउन बोलाउनु भयो । अचम्म त के रहेछ भने शनिबारकै दिन पनि एउटै समयमा ३ जना मेन्टिनेन्सका कर्मचारीहरु हुँदा रहेछन् । शिक्षण अस्पतालमा रहेको मर्मत सम्भार बिभागमा ४२ जना कार्यरत रहेछन् ।

मर्मत गर्ने व्यक्ति आएपनि अस्पतालमा हतौडा भेटिएन । हतौडा खोज्न करिब आदा घण्टा कु¥यौ ।

शिक्षण अस्पतालबाट दिनहँु बिरामी र बिरामीका आफन्तको गनासो आईरहन्छ । व्यवस्थापकको लापरवाही र हेल्चकराईका कारण सरकारी लगानीको यति ठुलो अस्पतालको विजोग छ ।

मोदीको स्वागत गर्न १० दिनमा जनकपुर यसरी सजाईयो

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा जनकपुर आउने भएपछि जनकपुरमा आश्चार्यजनक ढंगमा सरसफाई र अस्थायी पुर्वाधार निमार्णको काम धमाधम भैरहेको छ ।

मोदीले पुजा पाठ गर्ने जानकी मन्दीर, उनलाई अभिनन्दन गरीने बाह्रबिघा स्थीत मैदान, यो बिचमा पर्ने जनकपुर अञ्चल अस्पताल लगाएत जनकपुरका सबै जसो ठाँउमा मुख्यमन्त्री, मन्त्री, सांसद देखि मेयर आँफै सहभागी भएर धमाधम सरसफाइ गर्दै छन् ।

जनकपुर अञ्चल अस्पताल १० बर्षदेखि फोहोरका कारण दुर्गन्धीत अवस्थामा थियो । तर यसको उचित सरसफाईका लागि कसैको आँखा खुलेको थिएन ।

यो अवधिमा न स्थानीय नगरपालिका गम्भीर भयो न प्रशासन । तर भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि अहिले एका एक रुप फेर्न लागिएको छ ।

जनकपुर उपमहानगरपालिकाले अहिले अस्थायी रुपमा सकडक र नाला निर्माणको काम गरिरहेको छ ।