एसिड आक्रमण गर्ने भुँजेलले दिए यस्तो बयान - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

एसिड आक्रमण गर्ने भुँजेलले दिए यस्तो बयान



काठमाडौं– बुधबार राति श्रीमतीलाई एसिड छ्यापेको आरोपमा पक्राउ परेका विष्णु भुँजेलले अपराध स्वीकार्दै प्रहरीसमक्ष बयान दिएका छन् ।

उनले श्रीमतीको सम्बन्ध अन्य व्यक्तिसँग रहेको आशंकाले रिस थाप्न नसकी एसिड प्रहार गरेको प्रहरी समक्ष बयान दिएका हुन् ।एसिड प्रहार भएको केही समयमै भुँजेललाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको थियो । उनले प्रहरीसँगको बयानका क्रममा उनले पटक–पटक श्रीमतीलाई सँगै बस्न जति फकाउँदा पनि नमानेपछि आफू आक्रोशमा आएको बताएका छन् ।

मोटरसाइकल ग्यारेजमा काम गर्ने भुजेल र जेनी खड्काको छ वर्षअघि बिहे भएको थियो। उनीहरू दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए। बुधबार राति सवा ८ बजेतिर बाटोमा हिडिँरहेकी जेनीमाथि एसिड हमला भएको थियो। बोतलमा एसिड भरेर ल्याएका भुजेलले जेनीको टाउकोमा खन्याइदिएका थिए। उनको टाउको र हात जलेको छ ।