एसियन लाईफ इन्स्योरेन्सद्बारा दुर्घटना बिमा लाभ हस्तान्तरण - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एसियन लाईफ इन्स्योरेन्सद्बारा दुर्घटना बिमा लाभ हस्तान्तरण



कैलाली । एसियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड लम्की उपशाखाले दुर्घटना बिमा लाभ हस्तान्तरण गरेको छ । दुर्घटनामा ज्यान गुमाएका स्वर्गीय अर्जुन चौधरीकी धर्मपत्नी गीता चौधरीलाई मंगलबार बिमा लाभ प्रदान गरिएको हो ।

चौधरीको गत मंसिर २४ गते ट्याक्टर दुर्घटनामा परी निधन भएको थियो । पीडित गीता चौधरीलाई लम्की उपशाखा प्रमुख नवराज खनाल र टीकापुर शाखा प्रमुख गणेश बहादुर साउँदले घरमै पुगेर बिमा लाभ हस्तान्तरण गरे । चौधरी परिवारलाई ३ लाख ७ हजार ९ सय ५० रूपैयाँ बराबरको चेक मार्फत बिमा लाभ हस्तान्तरण गरिएको छ ।

मृतक चौधरीले लम्की उपशाखामा अभिकर्ता कमल बहादुर बिष्ट मार्फत ६ महिनाअघि १० हजार ५६ रुपैयाँको जीवन बिमा गरेका थिए । उनले एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखामा प्रथम किस्ता बिमा रकम भुक्तानी गरेका थिए ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड टीकापुर शाखा प्रमुख गणेश बहादुर साउँदले बिमा लाभले स्वर्गीय चौधरीको परिवारलाई केही राहत पुग्ने आशा लिएको बताए ।
उनले चौधरी परिवारको घरमै पुगेर बिमा लाभ प्रदान गर्नु राहत पुगोस् भन्ने उद्देश्य रहेको बताए । “चौधरीको अवस्थालाई हेर्दा साँच्चै नै घरमै आएर बिमा रकम हस्तान्तरण गर्नुपर्ने नै रहेछ । उनले भने- घर परिवार र बालबच्चामा राहत पुगोस् भन्ने हाम्रो चाहना र उदेश्य रहेको थियो ।” बिमा लाभ प्राप्त गर्नु बोनस मात्र नभई आपत विपत र समस्या पर्दा सहयोगी माध्यम समेत भएको उनले बताए ।

चेक हस्तान्तरण कार्यक्रम अभिकर्ता कमल बहादुर बिष्टको सभापतित्वमा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड टीकापुर शाखाका प्रमुख गणेश बहादुर साउँद र विशिष्ट अतिथिमा पत्रकार चन्द्र खनाल, अतिथिमा माया शाह, स्वर्गीय चौधरीकी धर्मपत्नी गीता चौधरी लगायत रहेका थिए ।

कार्यक्रमको सञ्चालन एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा लम्कीका प्रमुख नवराज खनालले गरेका थिए ।