एसियन फार्मास्युटिकल्समा भीषण आगलागी - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

एसियन फार्मास्युटिकल्समा भीषण आगलागी



बुटवल- रुपन्देहीस्थित ‘एसियन फार्मास्युटिकल प्रा लि’मा भिषण आगलागी भएको छ । रुपन्देहीको ओमशतिया गाउपालिकाको वडा नम्बर १ खुन्सास्थित सो औषधि उद्योगमा सोमबार अपरान्ह ४ बजे एक्कासी आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि डेढ घण्टापछि मात्रै दमकल पुगेका छन् । आगो नियन्त्रणको प्रयास भईरहेपनि अहिलेसम्म नियन्त्रण हुन सकेको छैन ।

आलागीबाट निकै ठूलो क्षति भईसकेको र थप क्षति हुन नदिन प्रयास गरिरहेको कम्पनीका कार्यकारी अध्यक्ष हुतानन्द खनालले जानकारी दिए । आगलागीबाट कम्तीमा ३० करोडको उत्पादित वस्तु औषधि नष्ट भएको अनुमान गरिएको छ ।