आँसुको धनी सार्वजनिक( भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आँसुको धनी सार्वजनिक( भिडियो सहित)



समीर प्रकाश पाण्डे

परदेशी भूमिमा रहेर पनि नेपाली गीत सङ्गीतमा सक्रिय सर्जक दीपक कँडेल र प्रेम सापकोटा सोनुको नयाँ गीत “आँसुको धनी” केही समय अगाडि मात्र सार्वजनिक भएको छ ।

गीतमा दीपक कँडेलले मुटु छुने शब्द सिर्जना गरेका छन् भने गायक प्रेम सापकोटाको आफ्नै लय र आवाज रहेको छ भने पुर्णकला बिसीले आवाजमा साथ दिएकी छन् ।

प्रेम कथालाई आधार बनाइएको गीतको भिडियोमा आर्यन,एलिना र सन्दीपको अभिनय रहेको सो गीतमा निर्देशन भने दीपक परियारको रहेको छ । रवि शंकर गौतमले गीतको भिडियो खिचेका हुन भने शोभाकान्त पन्थले सम्पादन गरेका छन् ।