पूर्वप्रेमिकाका अश्लील फोटो पोष्ट गर्ने पक्राउ - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

पूर्वप्रेमिकाका अश्लील फोटो पोष्ट गर्ने पक्राउ



काठमाडौं– प्रेममा धोका दिएको बदलामा पूर्वप्रेमिकाका गोप्य तस्वीरहरु फेसबुकमा राखेर यातना दिने एक युवक पक्राउ परेका छन्। संखुवासभाका सोमनाथ खनाललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

उनले पूर्वप्रेमिकाको नाममा नक्कलप् फेसबुक आईडी बनाई अश्लील फोटोहरु तथा पोष्टहरु गरेका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी काठमाडौं ल्याएको हो। साइबर क्राइम मुद्दामा खनालविरुद्ध कारबाही अघि बढाइएको एसपी नरेन्द्र उप्रेतीले बताए।