असईको युनिफर्म लगाएर जागिर लगाइदिने भन्दै ठगी गर्ने युवती पक्राउ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

असईको युनिफर्म लगाएर जागिर लगाइदिने भन्दै ठगी गर्ने युवती पक्राउ



काठमाडौं– आफू सशस्त्र प्रहरी बलको असई भएको भन्दै झुक्याएर ठगी गर्ने एक युवती काठमाडौंमा पक्राउ परेकी छिन्। बालाजुकी कोपिला बोहारालाई प्रहरीले पक्राउ गरेको हो।

उनले असईको युनिफर्म लगाएर प्रहरीमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको खुलेको छ।

उनले राधा शाहीसँग १ लाख ४५ हजार, रेणुका भण्डारीसँग ५० हजार, विमला खड्कासँग १५ हजार रुपैयाँ, जुना कुमारी खड्कासँग १२ हजार, मीना सुनुवारसँग १९ हजार रुपैयाँ लिएको खुलेको छ। उनले आफ्नो नाम मञ्जु बुढाथोकी बताउँदै ठगी गर्दै आएकी थिइन्।

अरुलाई भ्रममा पार्न उनले असईकै युनिफर्म लगाएर हिँड्ने गरेको प्रहरीको भनाइ छ।