राजपाल र आर्यन दौरा–सुरूवालमा - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

राजपाल र आर्यन दौरा–सुरूवालमा



नेपाली फिल्म ‘करोडपति’ को छायांकनको लागि नेपाल आएका बलिउड कलाकार राजपाल यादव ५ दिने नेपाल बसाईपछि मंगलबार भारत फर्किएका छन् । उनी फिल्म ‘करोडपति’ को दोस्रो चरणको छायांकनका लागि नेपाल आएका थिए ।

उक्त ५ दिनमा फिल्ममा समावेश एक गीतको सुटिङका गरिएको थियो । भक्तपुर दरवार स्क्वायरमा छायांकन गरिएको गीतमा राजपाल र अभिनेता आर्यन अधिकारी दौरा–सुरूवालमा प्रस्तुत भएका छन् । उक्त तश्बिर दुवैले आफ्नो फेसबुक र इन्स्टाग्राममा शेयर समेत गरेका छन् । आर्यय, राजपालसंगै अभिनेत्री नीता ढुङ्गानाको पनि फिल्ममा मुख्य भूमिकामा छिन् ।

’करोडपति’ लाई अधिकारी ब्रदर्स पिक्चर्स र कृतन मुभिजले संयुक्त रुपमा प्रस्तुत गर्न लागेको हो । फिल्मलाई हिन्दी भाषामा पनि डब गर्ने निर्माण टिमको तयारी छ । ‘करोडपति’ को बुधवारबाट सम्पूर्ण छायांकन समेत सकिएको छ ।