पद्मा अर्याललाई ठूलो झट्का - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

पद्मा अर्याललाई ठूलो झट्का



काठमाडौं- नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई झट्का लागेको छ । एमाले केन्द्रको राजनीतिमा एकपछि अर्को अवसर हात परेकी अर्यालका पति वडा सदस्यमै पराजित भएका छन्।

स्याङ्जाको वालिङ नगरपालिका-१ बाट अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदका उम्मेदवार थिए। तर, उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका छन्।

पराजित भएपछि उनले चुनावमा हारजित हुनेभन्दै हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने प्रतिक्रिया दिएका छन्।

विजयी अर्यालले १ हजार ११२ मत ल्याउँदा पराजित पौडेलले ६४५ मत पाएका छन्। वालिङको १ र २ वडामा कांग्रेस र नम्बर ३ एमाले विजयी भएको छ।